
गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा एकीकृत (समाजवादी) को भातृ संगठन युवा संघ र पिपुल्स भोलेन्टियरको गाउँपालिकास्तरिय कमिटी गठन भएको छ । गण्डकी गाउँपालिकाको फुजेलमा एक भेलाले भातृ संगठन गठन गरेको हो । सुमन लामिछानेको नेतृत्वमा ५१ सदस्यीय युवा संघ गठन गरेको छ । संघको सचिव शुशिल पन्त, कोषाध्यक्ष मिलन पन्त रहेका छ्न । त्यस्तै युवा संघ गण्डकी गाउँपालिका इन्चार्जमा रामजी मगर चयन भएका छ्न ।
यसैगरी सुजन पन्तको नेतृत्वमा २१ सदस्यीय पिपुल्स भोलेन्टियर कमिटी पनि गठन गरेको छ ।
कार्यक्रममा एकीकृत समाजवादीका गण्डकी प्रदेश कमिटी सदस्य विशेश्वर कट्टेल, गोरखा जिल्ला अध्यक्ष यादव बस्नेत, जिल्ला सचिवालय सदस्य उत्तर खड्का, गण्डकी गाउँपालिकाका उत्तम पन्त, जिल्ला कमिटी सदस्य विशाल क्षितिज, युवा संघ गोरखाका इन्चार्ज रेखा लोप्चन, अध्यक्ष शिव राज पौडेल र पिपुल्स भोलेन्टियरका जिल्ला संयोजक ध्रुव अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।