चितवन । पुर्वी चितवनको कालिका नगरपालिकामा आज नेपाली काङ्ग्रेस र माओवादी केन्द्र  परित्याग गरि १ सय जना नेकपा  एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले कालिका नगर कमिटीले आज खोलेसिमलमा आयोजना गरेको दशै-तिहार लगायतका चाडपर्वको अबसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा १ सय १० जना एमाले पार्टीमा प्रवेश गरेका थिए ।
सो कार्यक्रममा नेकपा एमालेका नेताद्वय रामबहादुर थापा  बादल र काशीनाथ अधिकारीले टीका र खादा लगाई एमालेमा प्रवेश गराउनु भएको थियो ।
 चितवनमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेको छ । हिजो रत्ननगरमा पनि ५० जना भन्दा बढी युवाहरु माओवादी पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । आज चितवन कै राप्ति नगरपालिकामा पनि ४५ जना एमालेमा प्रवेश गरेका थिए ।
एमालेमा प्रवेश गर्नेको संख्या दैनिक बढ्दै गएपछि माओवादी पार्टी भित्र भने खैलाबैला नै मच्चिएको छ । पार्टीमा लागि हिजोका दिनमा जनयुद्ध लडेका, होल्टाईमर कार्यकर्ता तथा युवाहरु पार्टीबाट पलायन हुँदा कार्यकर्ता रोक्ने रणनीति बनाउन नसक्दा माओवादी कार्यकर्ताहरुले नेतृत्वको तिब्र आलोचना गरेका छन ।
आगामी निर्वाचनपछि नेकपा एमाले पार्टीले नै देशको पुनः नेतृत्व गर्छ- बादल

प्रतिक्रिया दिनुहोस !