चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा (बादल)ले आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुनः नेतृत्व गर्ने दावी गर्नुभएको छ । नेकपा एमाले कालिका नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्तावाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्व गर्ने जिम्मवारी हुने दावी गर्नुभयो ।

कम्युनिष्ट पार्टीहरु फुट्नुको कारणबारे समिक्षा गर्दै सम्पन्न विधान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको बताउनुभयो । विधान महाधिवेशनले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दी गर्ने परिपार्टीको अन्त्य गरिएको जानकारी दिनुभयो ।

पूर्व गृहमन्त्री समेत रहनुभएका नेता बादलले महाधिवेशनवाट कार्यकारी पदहरुमा, पदाधिकारीहरुमा, मुख्य नेतृत्वमा २ कार्यकाल भन्दाबढी रहन नपाउने सिद्धान्त प्रतिपादन गरिएको बताउनुभयो । एउटै पदमा वषौं सम्म रहिरहने परिपाटी सकिएसँगै नयाँ अनुहारहरुले अवसर पाउँदै गएपछि पार्टीभित्र गुटबन्दी सधैका लागि समाप्त हुने उहाँको विश्वास छ । नेता बादलले पार्टीलाई पुर्ननिमार्णमा जोड दिनुभएको छ।

विधान महाधिवेशनमा भएको छलफल अनुसार नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकृत गरी पार्टीलाई पुर्न निर्माण गर्ने पार्टीको नीति रहेको प्रष्ट पार्नुभयो । नेता बादलले स्थानीय तहका नेता कार्यर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत निर्देशन दिनुभयो । अब आउने चुनावमा सबै ठाउँमा एमालले पार्टीले बहुमत ल्याउनु पर्नेगरी चुनावको तयारी लाग्न निर्देशन गर्नुभएको हो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङवाट बनेको कम्फर्टेबल सरकारले जनताको मन जित्न नसक्ने जिकिर गर्नुभयो । नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँग मात्रै भएको दावी गर्नुभयो । सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई अबको निर्वाचन पछि नेकपा एमाललेको नृत्वमा बन्ने सरकारले पुरा गर्ने बताउनु भयो ।

नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा पार्टीका बागमती प्रदेश कमिटी सदस्य नारायणप्रसाद अधिकारी, एमाले कालिका इन्चार्ज टिकाराज रिजाल, आज एमाले पार्टी प्रवेश गर्नुभएका बिशाल घलान लगायतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र पार्टी परित्याग गरि १ सय १० जना युवाहरु एमाले पार्टी प्रवेश गरेका छन् । कार्यक्रम एमाले नगर सचिव शुदर्शन अधिकारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !