
चितवन । नेकपा एमाले वडा कमिटी राप्ती वडा नं -२ द्वारा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । पुर्ब अर्थमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डे सो कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी ससचिवालय सदस्य एवं बागमती प्रदेशका पुर्ब कृषि एबम भुमि सुधारमन्त्री दावादोर्जे लामा विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा नेकपा एमाले राप्ती-२ का सचिब दिपेन्द्र थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने पार्टी अध्यक्ष दुर्गा बहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त चियापान तथा शुभकामना कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारी बिप्लपबाट जिल्ला उपाध्यक्ष शिबराज कंडेल, नेकपा माओवादी केन्द्रको भातृ संगठन (वाइसीएल) राप्ती-०२ सह-इन्चार्ज सागर राई, नेकपा एस समाजबादी निकट युबा संघ राप्ती-२ संयोजक यहुन्ना स्याङताङ, नेपाली काङ्ग्रेसका प्रतिनिधि रमा उप्रेती बन्जारा, माओवादी केन्द्रका नेता भीष्म बि.क, माओवादी केन्द्रका नेता नमराज ओलि लगायत विभिन्न पार्टी परित्याग गरि ४५ जना नेकपा एमालेमा प्रबेश गर्नुभएको थियो । सो कार्यक्रमको संचालन निर्देशन त्रिपाठीले गरेका थिए ।