काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएर लोकतन्त्रको हत्या गरेको बताएका छन । दैनिकीसँगको कुराकानीमा नेता कोइरालाले हमालको नियुक्तिले लोकतन्त्रको हत्या गरेको बताए ।

देउवाले प्रधानमन्त्रीको रूपमा दोस्रो पटक लोकतन्त्रमाथि प्रहार गरेको भन्दै कोइरालाले देउवा कांग्रेस र देश दुबैका लागि खतरा बनेको बताए । काेइरालाले चोलेन्द्रको प्रतिनिधिको रूपमा हमालको नियुक्तिबाट लोकतन्त्रको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त छियाछिया बताए ।

प्रतिक्रिया दिनुहोस !