काठमाडाैँ । सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त हुन् । हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् ।

प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच तनाव समेत भएको थियो । मन्त्रीमा कोटा नमागेको भन्दै सर्वोच्च अदालतले विज्ञप्ति समेत जारी गरेको थियो ।

हमालको नियुक्तिले सरकारमा प्रधानन्यायाधीशले कोटा मागेको आशंकालाई पुष्टि गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !