गोरखा । पालुङटार नगरपालिका–९ धुवाकोट स्थित मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ ।

गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कपि, क्यालकुलेटर, जोमेटि बस्क, कलम लगायतका सामग्रीको साथमा पोशाक वितरण गरिएको हो । जन्मभूमीमा जननीहरुको अभियान नामक संस्थाले करिव ५० हजार रकम बराबरको सामग्री वितरण गरिएको शिक्षक भुवन सेडाइले बताए । ६/६ महिनामा बिद्यार्थीलाई सामग्री वितरण गरिने उनले जानकारी दिए ।

‘मेरो देश नेपाल, भूमीमा जननीहरुको अभियान भन्ने नाराका साथ देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।

देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।

अभिभावक संघका अध्यक्ष राजाराम बुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद उप्रेती, सहायक प्रअ सानबाबु थापाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !