काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीले काठमाडौंको बाफलबाट १९ जुवाडेलाई पक्राउ गरेको छ । बाफलस्थित रिजु श्रेष्ठको साढे २ तल्ले पक्की घरमा कौडा खेलिरहेका १९ जना जुवाडे २ लाख ८६ हजार ६५ रुपैयाँसहित पक्राउ परेको हो ।

वृत्तका प्रहरी नायव उपरीक्षक अपिलराज वोहराको टोलीले हारजित हुने जुवा तास खेलिरहेका कौडा ताससहित बुधबार राति पक्राउ गरेको वृत्तले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २ लाख ८६ हजार ६५ रुपैयाँ, तास ७ बुक,रातो क्विन १२ थान, सेतो १८थान ,कालो ३२ थान निलो ६१ थान गरी जम्मा क्विन १२३, कौडा ३३ थान, कालो सेतो तन्ना १ थान, बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, अमिर लामा वाईवाको नामको चेक बुक थान १, संयम कन्ट्रक्सनको नाममा काटिएको चेक र एस एण्ड एस निर्माण सेवाको नाममा काटिएको चौबिस हजारको चेक १ थान समेत बरामद गरेको छ।

१९ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !