काठमाडौं ।  प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर सकिएको छ ।

मंगलबार दिउँसो १ बजेबाट शुरु भएको बैठकमा सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिनुभएको थियो ।

कानुन मन्त्री कार्कीले सो प्रतिवेदन पेश गर्नुभएसँगै ८ मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको हो । अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएकाे छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेका थिए । अवरोधकै बीचमा सभामुख सापकोटाले बैठक सुचारु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !