चितवन । नवलपुर, गैंडाकोट स्थित अक्सफोर्ड कलेजले बिबिए तथा बिसिए पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि १० दिने पब्लिक स्पिकिङ्ग तालिमको सम्पन्न गरेको छ।
अक्सफोर्ड कलेजको सभाहलमा आयोजित सो तालिम कुशल संचारकर्मी मनोज पन्तले प्रदान गर्नु भएको थियो। बिबिएका बिभागिय प्रमुख नारायण सापकोटा र बिसिएका बिभागिय प्रमुख सुरेश बरालको संयोजकत्वमा आयोजित सो तालिममा बैठक संचालन, सेमिनार आयोजना, पत्रकार सम्मेलन , स्टेज कार्यक्रम सम्बन्धि बिषयमा विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास गरेका थिए। विद्यार्थीहरुका आन्तरिक प्रतिभा प्रष्फुटनका यस किसिमका विभिन्न तालिम आयोजना गर्दै आइरहेको र गर्दै जाने अक्सफोर्ड कलेजका बिबिएका बिभागिय प्रमुख नारायण सापकोटाले बताउनु भयो। 

प्रतिक्रिया दिनुहोस !