चितवन ।  राष्ट्रिय जन सास्कृतिक महासँघ नेपाल चितवन ले नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न गरेकाे छ । अधिवेशनले महासँघ सँग आवद्ध ६ वटा घटक माेर्चाकाे समेत नयाँ कार्यसमिति गठन गरेकाे छ ।
नेकपा एमालेकाे जिल्ला सभाहलमा यहि असाेज १८ गते सम्पन्न अधिवेशन काे प्रमुख अतिथिका रुपमा महासँघ का केन्द्रीय अध्यक्ष खगेन्द्र राई र विशिष्ट अतिथि महासँग कै महासचिव तथा वागमती प्रदेश ईन्चार्ज प्रेमनाथ अधिकार रहनुभएकाेथियाे भने अधिवेशन लाई अतिथिका रुपमा रहनुभएका नेकपा एमाले वागमति प्रदेश सदस्य जे एन थपलिया ,प्राज्ञ नमुना शर्मा,आशाकाजी शर्मा,साहित्यकार मसान उपासक,प्रा . डाक्टर धनेश्वर भट्टराई ,हरि पाैडेल ,देवराज पाैडेल लगाएतका नेता तथा अग्रजहरुले सँस्थाकाे जिम्मेवारी , आगामी कार्यदिशाझकाे वारेमा मन्तव्य राख्नुभएको थियाे ।
अधिवेशनले केदारप्रसाद दुवाडी अध्यक्ष रहने गरि ११ सदस्य महासँघकाे जिल्ला कमिटी गठन गरेकाे छ जसमा उपाध्यक्ष लक्ष्मीलाल घिमिरे ,सचिवमा कृष्ण खनाल , काेषाध्यक्षमा युवराज लामा रहनुभएकाे छ भने सह सचिवमा यदुनाथ पाैडेल चयन हुनुभएको छ । मातहतका माेर्चा अध्यक्ष पदेन महासँघकाे जिल्ला सदस्य हुने व्यवस्था रहेवमाेजिम सदस्य मा अम्विका कार्की ,सुरेश चाैधरी,गणेश लामा,सविना रिजाल , नारायण सापकोटा र डेालवहादुर गुरुङ चयन हुनुभएको छ ।
सम्पन्न अधिवेशनले अम्विका कार्की काे अध्यक्षतामा जनसाहित्य मन्च गठन गरेकाे छ भने शुरेश चाैधरी चलचित्र क र्मी सँघ , गणेश लामा सँगित कर्मी सँघ,ललितकलामा सविना रिजाल ,जननाट्य सँघकाे अध्यक्ष मा डाेलवहादुर गुरुङ का साथै नारायण सापकोटा काे नेतृत्वमा सामाजिक सास्कृतिक अध्ययन मन्च गठन भएकाे छ
आगामी दिनहरुमा महासँघले स्थानियस्तरमा सवै नगर तथा पालिका हरुमा अाफ्ना सँगठनहरु निर्माण तथा पुनर्निर्माण गर्दै सँस्थालाई मजवुत र जनताकाे आशा र भराेशाकाे प्याराे सँगठनकाे रुपमा निर्माण गर्दै जिल्लाव्यापी रुपमा ससक्त वनाउदै लैजाने समेत नवगठित समितिका सचिव कृष्ण खनाल ले जानकारी दिनुभयाे ।
अधिवेशन काे अध्यक्षता महासँघका सचिवालय सदस्य तथा चितवन इन्चार्ज पुष्प आचार्य र सँचालन केदारप्रसाद दुवाडीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस !