गोरखा ।  गोरखा जिल्लाको शहिद लखन थापा गाउपालिकाको नामजुङका ५६ घर परिवार र भिमसेन थापा गाउपालिकाको क्यामुनटारका ८० घर परिवार विपन्न समुदायलाई जगतचेत प्रतिष्ठान नेपाल र नेपाल बाल सहायता संघ जर्मनीले दशैलाई लक्षित गरि खाद्यान्न सहयोग गरेको छ ।
राष्ट्रिय  प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ इन्जिनियर आनन्दराम थापा र गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माको सहजिकरणमा सो सहयोग हस्तान्तरण गरिएको थियो ।  जगतचेत प्रतिष्ठानका संरक्षक रामप्रताप थापाले आफ्नो जन्मस्थानका  विपन्न परिवार हरुलाई सहयोग गर्नुभएको  इन्जिनियर थापाले बताउनु भयो ।
प्रतिष्ठानले यसअघि पनि नामजुङमा विद्यालय भवन बनाउने देखि सुत्केरी हुने महिलाहरुको लागि बर्थिङ सेन्टर निर्माण गरि सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै सोही स्थानको जनशक्ति माविमा अध्ययनरत १२ जना अति विपन्न बाल बालिकाहरुलाई छात्रवृति पनि  उपलब्ध गराई रहेको बिधालयका प्राचार्य चिरञ्जीवि काप्रीले बताउनु भयो ।
बाल सहायता संघ मार्फत थापाले चितवनमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा ५० लाख रुपँयामा छात्रबास भवन बनाइदिनुको छ । समाजसेवी थापाले चेपाङ समुदायमा उल्लेखनिय योगदान पुर्याउदै आउनु भएको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो । सो केन्द्रमा हाल १५० जना बिपन्न चेपाङ बालबालिका आवासीय रूपमा रही अध्ययन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस !