चितवन । भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । सबस्टेशन स्तरोन्नतीका लागि भोलि बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनको ११ केभी भिसिबि र लोड ब्रेकर स्विच स्तरोन्नती गर्न लागिएको हो ।

स्तरोन्नतीका लागि आवश्यक सामान आइसकेको छ । स्तरोन्नतीपछि अहिले देखिएको बारम्बार बत्ती जाने समस्या समाधान हुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !