काठमाडौँ । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताए।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आजै सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताए ।

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस !