काठमाडौँ । नेकपा माओवादी निकटको अनेरास्ववियू क्रान्तिकारीले नयाँ इतिहास रचेको छ । महाधिवेशनबाट अध्यक्ष छान्न नसकेको क्रान्तिकारीले माओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व चयनको जिम्मेवारी दिएको थियो ।

आइतबार बिहान प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने घोषणा गरेका छन । अध्यक्षका करिब एक दर्जन आकांक्षीलाई पछि पार्दै सिंह प्रचण्डको छनौटमा परेकी हुन ।

उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष भएकी छिन । एमाले निकटको अनेरास्ववियूले तेस्रो महिला अध्यक्ष पाइसेको अवस्थामा माओवादी निकटको अखिल क्रान्तिकारीमा बल्ल पहिलो पटक महिलाले अध्यक्ष हुने अवसर प्राप्त गरेका छन ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ । घोषणा हुने भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस !