काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका अन्तर्गत विभिन्न हिमाली जिल्लाको अधिवेशन आज हुँदैछ । यस्तै कतिपय जिल्लामा वडा र गाउँ तथा नगर अधिवेशन पनि जारी छन् ।

वडा ,पालिका र प्रदेश अधिवेशन सम्पन्न भएका १५ वटा जिल्ला मध्ये मुस्ताङ्ग र रुकुम पूर्वको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लाको नेतृत्वका लागि जिल्ला अधिवेशन जारी रहेको निर्वाचन समितिले जनाएको हो ।

काठमाडौं जिल्लाका १ महानगर सहित १० पालिकामा आज पालिका अधिवेशनका लागि मतदान हुँदैछ । मोरङका १७ वटा पालिकामा सम्पन्न निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।

विराटनगर महानगर समितिको निर्वाचनमा दीपक चापागाई सभापतिमा विजयी हुनुभएको छ । यसैगरी कटहरी गाँउपालिकामा रामकुमार कामत , बेलबारी नगरसमितिमा छत्र लिम्बु, बुढीगंगा गाउँपालिकामा जीत नारायण थापा विजयी भएको नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !