चितवन। कालिका-६, खोलेसिमल स्थित जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी सस्थाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सस्थाका अध्यक्ष शुदर्शन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब आशा वाईवाले प्रगति प्रतिवेदन तथा लेखा संयोजक हरिप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष हरिकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सस्थालाई महत्त्वपूर्ण योगदान पुर्याउने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बिनोद रेग्मी, कालिका-७ का वडा अध्यक्ष डिल्लीराम दवाडी,जिल्ला सहकारी संघका प्रतिनिधि कबिता न्योपाने, उदयपुर बनका अध्यक्ष केशव लामा, सस्थाका पुर्व अध्यक्ष भिमप्रसाद लामिछाने, शेयर सदस्य भोजराम थपलिया, दुर्गा रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !