चितवन । कालिका-४, पदमपुर  स्थित भिमकाली बचत तथा ऋण सहकारी सस्था लि. को अध्यक्षमा लक्ष्मीप्रसाद धिताल चयन भएका छन । सस्थाको आज भएको ७औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले उपाध्यक्षमा डोलनाथ दाहाल तथा सचिबमा नारायणी रिजाल, कोषाध्यक्ष अमृत श्रेष्ठ र सह सचिबमा अप्सरा तिमिल्सिना चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा नलप्रसाद अधिकारी, लेखनाथ शर्मा, बिष्णु दाहाल, जय गोबिन्द श्रेष्ठ निर्बिरोध चयन भएका थिए ।   शेयर सदस्य हेमराज पौडेलले संचालन गरेको कार्यक्रममा सस्थाका अध्यक्ष रामहरी बास्तोलाले  अध्यक्षता गरेका थिए ।
लेखा संयोजकमा रेवतीप्रसाद ढकाल, सदस्यमा आनन्द थापा र पदमप्रसाद घिमिरे चयन भएका छन ।
कार्यक्रममा कालिका-५ का वडा अध्यक्ष जियन महतो, पदमपुर साना किसान सहकारी अध्यक्ष गोमा सिंखडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सो अबसरमा सचिब नारायणी अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमृत श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !