काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् । पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् ।

 

‘संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ ।’ संविधान जारी हुन नदिने विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !