काठमाडौँ । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । १५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !