काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने भएको छ । बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको जनाए । त्यस्तै, प्रशासनले यातायात व्यवसायीहरुलाई ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !