काठमाडौँ । माल्दिभ्समा (भोली) बाट शुरु हुने साफ च्याम्पियनसीप  फुटबल  प्रतियोगिताको खेल तालिका हेरफेर भएको छ । बिहीबार सार्वजनिक नयाँ तालिकामा समय मात्रै परिवर्तन गरिएको छ प्रतिस्पर्धी टिम भने यथावत नै छन् ।

नयाँ तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल १५ असोज (भोली) नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।

यसअघिको तालिका अनुसार उद्घाटन खेल नेपाल र आयोजक माल्दिभ्सबीच हुने थियो । यस्तै शनिबार बंगलादेश र श्रीलंकाबीच दोस्रो खेल रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !