काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि (United Nations Resident Coordinator-UNRC) Ms. Sara Beysolow Nyanti बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा संयुक्त राष्ट्रसङ्घमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्त्वको विषयहरूमा छलफल भएको सेनाले जनाएको छ । भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसङ्घ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !