चितवन। चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक-पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन ।

उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक-पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको बताउँदै दरखास्त दर्ता नगराई मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग गरेका थिए । पक्राउ परेका व्यवसायीलाई ठगी उद्योग मुद्धामा चितवन आदलतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भरतपुरमा कार्यालय संचालन गरी काम गरिरहेको प्रहरीको भनाई छ ।

 

श्री जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन ।

मिति २०७८/०६/११ गते ।

 मुद्दा मिलाई दिन्छु भनी प्रहरीको नाममा समेत रकम माग गर्ने मानिस पक्राउ सम्बन्धमा ।

घटना बिवरण  :-

  • राहुल गुप्‍ता समेतका ८ जनाले झुठ्ठा बिबरण पेश गरि नेपाली नागरिकता लिएको हुँदा निजहरू समेतलाई कारवाही गरी पाउं भनी भारत घर भएका सतिश कुमारले यस कार्यालयमा जाहेरी दरखास्त पेश गरेका थिए । उक्त मुद्दा म मिलाई दिन्छु, प्रत्येक व्यक्तिको रू. ३,००,०००/- (तीन लाख) को दरले पैसा लाग्छ, प्रहरीलाई पनि दिनुपर्छ, समयमै केश मिलाउनु भएन भने ईन्टरपोलबाट छानबिन भई कडा कारवाही हुन्छ भनी अधिवक्ता रामचन्द्र देबकोटाले निज राहुल गुप्‍ता समेतलाई पटक पटक फोन सम्पर्क गरी रकम माग गरेकोमा निज रामचन्द्र देबकोटाको बिरूद्दमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ४१ को राहुल गुप्‍ताले ठगी उद्योगमा यस जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी पेश गरेकोले निज रामचन्द्र देबकोटालाई मिति २०७८/०६/१० गते पक्राउ गरी ठगी उद्योगमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भई रहेको छ  ।

पक्राउ परेका मानिस :-

जिल्ला चितवन कालिका नगरपालिका वडा नं. ५ पदमपुर बस्ने बर्ष ५० को अधिवक्ता रामचन्द्र देबकोटा ।

 कानूनी व्यबस्था :-

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद -२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात बर्षसम्म कैद र सत्तरी हजारर सम्म जरिवाना हुने व्यवस्था रहेको छ भने ऐ. संहिताको दफा ३४ मा कसूरको उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ ।

 

थप जानकारीका लागि

प्र.ना.उ. सुर्य बहादुर थापा

प्रवक्ता/सूचना अधिकारी

जिल्ला प्रहरी कार्यालय चितवन,

सम्पर्क नंबर :- ९८५५०१३९९९

 

२०७८-०६-११ – ठगी गर्ने मानिस पक्राउ सम्बन्धमा

प्रतिक्रिया दिनुहोस !