शिशिर सिंखडा, चितवन । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ । सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच प्रतिस्पर्धा रहेको छ । आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सो निर्वाचन भएको हो । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ ।

अहिले मतगणना भइरहेको छ । सो नगर अधिवेशनमा तपसिलका उम्मेदवारहरु मैदानमा उत्रिएका छन ।

सभापतिः
रुपनराज घिमिरेः ९८
प्रल्हाद सापकोटाः१३०

उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः११३
अपिल अधिकारीः१३७

सापकोटा प्यानलबाटः
केदारमान बाइवाः९७
शिवकान्त पौडेलः९२

सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः१४७
दिपन्द्र श्रेष्ठः१०६                                 सापकोटा प्यानलबाटः                      तिर्थराज सुवेदीः९६
विरेन्द्र चौधरीः७६

प्रतिक्रिया दिनुहोस !