चितवन । नेपाली कांग्रेस रत्ननगरको मतगणना भर्खरै शुरु भएको छ ।  सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच तीब्र प्रतिस्पर्धा रहेको छ । आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन केही बेर अगाडी सकिएको थियो । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ ।

अहिले मतगणनाको काम भइरहेको छ । सो नगर अधिवेशनमा तपसिलका उम्मेदवारहरु मैदानमा उत्रिएका छन ।

सभापतिः
रुपनराज घिमिरेः
प्रल्हाद सापकोटाः

उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः
अपिल अधिकारीः

सापकोटा प्यानलबाटः
केदारमान बाइवाः
शिवकान्त पौडेलः

सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः
दिपन्द्र श्रेष्ठः

सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः
विरेन्द्र चौधरीः

प्रतिक्रिया दिनुहोस !