चितवन । नेपाली कांग्रेसको खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् । आइतबार बिहान आएको मतपरिणाम अनुसार आफ्नो प्रतिस्पर्धी शशि खनियालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

अहिलेका सभापति समेत रहेका खनियालाई तिन मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी हुदैं गर्दा खनियाले १४२ मत ल्याएका थिए । त्यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी १४२ मत र बिक्रम पन्जियार १३५ मत, सचिवमा अनुप अधिकारी १५५ मत र टिकादत्त इटनी १५३ मत , सहसचिवमा राजेन्द्र रिजाल १३९ र अमृता उप्रेती १३६ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !