शिशिर सिंखडा, चितवन । नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन । उनले ११२  मत प्राप्त  गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए ।
आज भएको निर्वाचन अन्तर्गत  उप सभापतिमा जियन महतोले १२० मत र चेतबहादुर गुरुङले ९८  मत सहित  बिजयी भएका छन । उनका प्रतिद्वन्दीहरु जितेन्द्र वाग्लेले ६३  मत, राजकुमार सिहले १६ मत र शंकर लामाले ८५ मत प्राप्त गरेका थिए ।
सचिवमा १३१ मत सहित फडिन्द्रप्रसाद लामिछाने र राजन रेग्मीले १०४  मत प्राप्त गरि बिजयी भएका छन ।  प्रतिद्वन्द्वीहरु ऋषिराम फुयाल (अर्जुन)ले  ८३ मत, साजन मगरले ७१  मत प्राप्त गरेका थिए ।
त्यसैगरि सह सचिबमा योजना न्योपाने अधिकारीले ११२ मत र बिश्वास अर्यालले ११६ मत प्राप्त गरि बिजयी भएका छन । प्रतिद्वन्द्वीहरु दिवस मगरले  ९० मत र  रबिन्द्र तमाङ्ले ६१  मत प्राप्त गरेका थिए ।  ५५ जना नगर सदस्यहरु भने यस अगाडि नै सर्बसम्मत भैसकेका छन ।
 
कालिकामा ११ वडाका २ सय २१ जना प्रतिनिधीले मतदान गरेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी  दिए । सो मतदान प्रक्रिया पदमपुरको भिमोदय माबीमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस !