चितवन । नेपाली कांग्रेस रत्ननगर नगरसमितिको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान अन्तिम समयमा आएर भोलीका लागि गर्ने निर्णय भएको छ । मतदान अधिकृत धर्म वाग्लेले दुई उम्मेवार विच छलफल गरेरै भोलीका लागि निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । मतदान अधिकृतले साँझ सुचना निकालेर समय अभावको कारण मतदान प्रकृया शुरु गर्न असमर्थ भएको भन्दै भोली विहान ८ वजे मतदान गर्ने सुचनामा उल्लेख गरिएको छ । रत्न्नगरको सभापतिको लागि वर्तमान सभापति रुपनराज घिमिरे र प्रल्लाद सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !