
चितवन । कालिकामा काङ्ग्रेसको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान केहि बेर अगाडीबाट शुरु भएको छ । कालिका सभापतिमा दिपेश्वर केसी र लिलाबहादु गुरुङको तीब्र प्रतिस्पर्धा हुने भएको छ ।
उप सभापतिमा भने चेत बहादुर गुरुङ, जितेन्द्र वाग्ले, जियन महतो, राजकुमार सिह र शंकर लामा बिच प्रतिस्पर्धा हुदै छ । ४ जना मध्य २ जना उप सभापतिमा बिजयी हुनेछन् । सचिवमा ऋषिराम फुयाल (अर्जुन), फडिन्द्रप्रसाद लामिछाने, साजन मगर र राजन रेग्मी बीच भिडन्त हुदै छ ।
त्यसैगरि सह सचिबमा दिवस मगर, बिश्वास अर्याल, योजना न्योपाने अधिकारी र रबिन्द्र तमाङ्को प्रतिस्पर्धा रहेको छ । सचिब र सह सचिब पनि २/२ जना बिजयी हुने छन । सो मतदान पछी आज नै मतगणना हुने बताईएको छ । ५५ जना नगर सदस्यहरु भने यस अगाडि सर्बसम्मत भैसकेका छन ।
आज भएको मतदान हालका नगर सभापति राजु श्रेष्ठले निर्वाचन अधिकृतबाट मत पत्र लिई मतदान गरेर सुरुवात गरेका थिए । मतदान अहिले ६ बजेसम्म हुने र त्यस लगत्तै मतगणना शुरु हुने बताईएको छ ।
थप समाचार