शिशिर सिंखडा, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौँ विश्व सम्मेलनमा हङ्गकङ्ग निवासी समाजसेवी दिलिप सिंह गुरूङ्गले एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

लामो समयदेखि हङ्गकङ्गमा रहनुभएका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आउनुभएको छ । मातृभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका गुरूङ्गले समृद्ध नेपालको अभियानमा कुशलतापूर्वक लाग्दै र सहयोग गर्दै आउनुभएको छ ।

एनआरएनए आन्दोलनमा लामो समयदेखि होमिनु भएका गुरूङ्ग विश्वभरी रहेका नेपालीको हक, हित र उन्नति प्रगतिका लागि निरन्तर लाग्दै आउनुभएको छ । “सकारात्मक पहलको निरन्तरता, परिणाममुखी कार्यको प्रतिवद्धता” भन्ने मूल नाराका साथ उहाँको आगामी विश्व सम्मेलनमा सह–संयोजक पदमा उम्मेदवारी रहेको छ ।

अग्रजहरूको सकारात्मक कामलाई निरन्तरता, पारदर्शीता, भू.पू. सैनिकको आवाजको बुलन्दता, प्राविधिक शिक्षामा जोड, शिक्षा र स्वास्थ्यमा जोड लगायतका प्रतिवद्धताका साथ गुरूङ्गले उम्मेदवारी दिएको बताउनुभयो ।

विश्वभर रहनुभएका नेपालीहरूले आफूलाई सो विश्व सम्मेलन मार्फत् वर्ष २०२१–२३ का लागि एसिया प्रशान्त क्षेत्रीय सह–संयोजक पदमा विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले आफू सधैँ नेपाल, नेपाली, एनआरएनए र विश्वभर रहेका नेपालीहरूको हितमा सधैँ लागि रहको र लागि रहने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !