रबि रेग्मी,  चितवन । जिल्ला प्रहरी कार्यलय चितवनले घर फोरि नगद र गरगहना चोरी गर्ने एक महिला पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने २४ बर्षिया पुष्पा सिटौला रहिकी छ्न।

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट कोही नभएको मौका छोपि असोज ६ गते १ः३० बजे विभिन्न गरगहना र नगद चोरी गरेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय चितवनबाट खटिएको टोलिले सोही दिन बेलुका ४ः५० बजे भरतपुर महानगरपालिका ११ बाट चोरी गरेका नगद, गरगहना र ताल्चा फुटाउन प्रयोग गरेको रडसहित सिटौलालाई पक्राउ गरेको प्रहरी प्रवत्ता सुर्य थापाले जानकारी दिए।

पक्राउ परेका महिलालाई चोरी तथा डाँका मुद्वा सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !