शिशिर सिंखडा, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा “बादल”ले माओवादी अध्यक्ष प्रचण्ड आफै पार्टीको लाईन छाडेर पलायन हुँदै गएको बताउनु भएको छ ।
पार्टीको सिद्धान्त र बिचारबाट बिचलित भै परिवारवाद र अबसरबाद तिर लागेकाले प्रचण्ड एक्लिदै गएको उहाँले बताउनु भयो । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर बिमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्व गृहमन्त्री समेत रहनुभएका एमाले नेता बादलले माओवादी पार्टी प्रचण्डकै कारण सकिने समेत बताउनु भयो ।
पत्रकारहरुको प्रश्नमा उहाँले राष्ट्रियता, समाजबाद र  समृद्धि आफ्नो लाईन भएको बताउदै यो सरकार राष्ट्रियता प्रति गम्भीर नभएको बताउनु भयो । देशको राष्ट्रियता र स्वाधीनताको पक्षमा जनतालाई बोल्न समेत नदिने यो सरकार देश र जनाता प्रति उत्तरदायी नभएको बताउनु भयो।
सम्सदमा सभामुखको निस्पक्षतामा प्रश्न उठेको बताउदै उहाँले एमसीसी सम्झौता परिमार्जन गरेर लागु गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनु भयो । सो पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी नेपाल चितवनका कार्यबाहक अध्यक्ष मुकुन्द भुसालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !