काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिठी बैठक आजबाट सुरू हुँदैछ । बिहान ११ बजेपछि केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनले बैठक भोलिसम्म चल्नेछ । सचिव तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म ललितपुरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !