चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।
गए राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजी कार्य सुरू गरेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक कास्की पोखरा महानगर १७ बस्ने वर्ष ५५÷६० को प्रेमबहादुर भुजेल, कारमा सवार सोही ठाउँ निवासी ५५÷५६ को लेखबहादुर भुजेल र निजकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल रहेको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते हुनेमा कारमा सवार कास्की जिल्ला पोखरा महानगर १७ बस्ने वर्ष ४६ को रुद्रलाल सुवेदी रहेका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । file pic

प्रतिक्रिया दिनुहोस !