रबि रेग्मी,  चितवन । जिल्ला प्रहरी कार्यलय चितवनले मोटरसाइकल चोरीमा संलग्न १४ जनालाई पक्राउ गरेको छ ।

भाद्र २७ गते र असोज ३ गते भएको छुट्टाछुट्टै मोटरसाइकल चोरीको घटनामा १४ जनालाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख (एसपी)ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरिएको हो ।

केही व्यक्तिले किर्ते सवारी दर्ता किताव तयार गरि मोटरसाइकल प्रयोग गरेको सुचनाको आधारमा चितवन प्रहरीले गरेको माइक चार्ली नामक अप्रेशमा चितवन खैरहनी ४ बस्ने वर्ष ४२ को मीन बहादुर पुन, खैरहनी ४ बस्ने वर्ष ३१ को सरोज खतिवडा, भरतपुर १५ बस्ने वर्ष २३ को अरुण पुन, भरतपुर १६ बस्ने वर्ष २५ को सज्जन बुढाथोकी, भरतपुर २१ बस्ने वर्ष ३२ को टेजन पुन,भरतपुर ४ बस्ने वर्ष ४० को अरुण कँडेल, भरतपुर ११ बस्ने वर्ष २२ को अनिश श्रेष्ठ र भरतपुर ११ बस्ने अशोक कुमाललाई भाद्र २७ गते जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्य  टेजन पुन, अनिश श्रेष्ठ, अरुण कँडेल र अशोक कुमाल बरामद गरेको मोटरसाइकलको खरिद बिक्रीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीले बताउनुभयो।

त्यस्तै असोज ३ गतेको पारस पार्कबाट मोटर साइकल चोरी भएको घटनामा भरतपुर १ बस्ने वर्ष २८ को रबिन गुरुङ, भरतपुर २ बस्ने वर्ष २२ को उदय गुप्ता, बारा जिल्ला बारागढी ६ बस्ने २८ वर्षको राजेश चौधरी, बारा जिल्ला जितपुर सिमरा बस्ने वर्ष २५ को लक्की चौधरी र बारा कौयामाई ९ बस्ने वर्ष ३२ का सुनिल चौधरी पक्राउ गरेको चितवन प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट चोरीका मोटरसाइकल र नक्कली सवारी किताब बरामद गरिएको छ । प्रकाउ परेकाहरुलाई लिखित सम्बन्धी कसुर र चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट म्याद अनुमती लिई अनुसन्धान भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

चितवन प्रहरीले माइक चार्ली नामक मोटरसाइकल चोरी गर्नेलाई समात्ने अप्रेसन संचालन गरेको १ महिना अवधिमा १३ वटा मोटरसाइकलसहित १६ जनालाई पक्राउ गरेको छ ।

चितवन प्रहरी प्रमुख (एसपी) अधिकारीले आम सर्वसाधारणलाई मोटर साइकलको ह्यान्डिल लक चोरले सजिलै तोड्ने भन्दै ह्व्ल लक र डिस लक लगाएर मोटरसाइकल राख्न समेत अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !