चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरुमा फोहोरका कारण समस्या भएको भन्दै सरोकारवाला हरुले चिन्ता व्यक्त गरेका छन । विभिन्न फोहोरका कारण निकुञ्जका जनावर हरु पनि संकटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो ।
बाताबरण क्षेत्रमा लामो समयदेखि  काम गर्दै आएको क्रियसन नामक सस्थाले आज आयोजना गरेको कार्यक्रमका बक्ताहरुले फोहोरका कारण विभिन्न  जनावरहरु लोपोन्मुख अबस्थामा पुग्नु दु:खद भएको बताएका थिए । फोहोरको उचित ब्यबस्थापन हुन नसक्दा हावा,पानी, बाताबरण लगायत सबै क्षेत्र प्रभावित भएकोमा चिन्ता व्यक्त गरिएको हो ।
कार्यक्रमका बक्ताहरुले युवा शसक्तिकरण र सहभागिता द्वारा फोहोर ब्यबस्थापन गर्न सबै जोड दिएका थिए । सोही अबसरमा पर्यटकिय नगरी सौराहामा क्रियसन नामक सस्थाले निर्माण गरेको फोहोर संकलन केन्द्रको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमका बिच उद्घघाटन गरेका थिए ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, रत्ननगर वडा नं ६ का वडा अध्यक्ष बलराम दाहाल, सो सस्थाका संरक्षण दुत कलाकार दयाहाङ राई, बिश्व बन्यजन्तु कोषका प्रतिनिधि रामप्रित यादब, सो आयोजक सस्थाका कार्यक्रम प्रमुख सुजाता कोइराला, बछाैली माबीका  विद्यार्थी निरुता आचार्य र सुजल बिकले पनि सो अबसरमा मन्तव्य राखेका थिए ।
सस्थाका अध्यक्ष आनन्द मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका, आयोजक सस्था र निकुञ्ज बिच सो फोहोर संकलन केन्द्र संचालन र संरक्षण गर्न त्रिपक्षिय हस्ताक्षर भएको थियो ।
सोही अबसरमा बछाैली माबी र चित्रसारी माबीका विद्यार्थीहरुले जनचेतना मुलक नाटक तथा प्रस्तुतिहरु देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस !