काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई अगाडि ल्याएर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए । बिहीबार काभ्रेमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको समेत बताए ।

उनले भने ‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर यो गठबन्धनमा नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने अरु दलहरु अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन् ।

प्रचणर्डले भने, ‘एमसीसी ल्याएर दिमाग खराब गरिदिने, गठबन्धन टुटाइदिने सपना देखेका छन्, एमसीसी भएपछि शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भन्ने छ’ ।

प्रतिक्रिया दिनुहोस !