काठमाडाैँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको एकाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको तामाङले बताए । बैठक दुई दिनसम्म चल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !