काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त हुने भएका छन् । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको एक नेताले बताए ।

‘सचिवालय बैठकले महासचिवमा भुसाललाई नियुक्त गर्ने सहमति जुटेको छ, केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा हुन्छ, ति नेताले भने ।’ महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !