
काठमाडौँ । नेपाली काँग्रेसमा १४औ महाधिवेशनको तालिका परिवर्तन गर्न सहमति भएको छ ।
वुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको नेताहरुले जनाएका छन् ।
बैठकमा असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको जनाइएको छ ।