रोल्पा । पहिरोसँगै खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मकैबारीमा गएर फर्कने क्रममा माथिबाट पहिरोसँगै खसेकाे ढुंगाले लागेर लड्दा आमा–छोरीको मृत्यु भएको हाे । ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !