सप्तरी । सर्पको टोकाइबाट सप्तरीमा एकै परिवारका दिदी भाइको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीय सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

सुनिताको उपचारको क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !