रबि रेग्मी,  चितवन । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हाम्रो सरकार अल्पमतमा छ, तर पनि जति दिन सरकारमा रहन्छौ जनताको हितमा काम गर्ने बताउनु भएको छ ।

आज जिल्ला समन्वय समिती चितवनको पाँचौं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

हामीलाई थाहा छ हाम्रो सरकार अल्पमतमा छ भन्ने कुरा तर पनि हामी जति दिन रहन्छौ जनता र देशको हित र आवश्यकताको काम गर्ने शाक्यले बताउनु भयो । समाजवाद र प्रदेशको जनतालाई कसरी खुशी र सुखी बनाउने भन्ने कुरामा आफ्नो सरकारको ध्यान रहेको बताउनु भयो ।

उहाँले चितवन विकासको दृष्टिकोणले काठमाडौपछि दोस्रो जिल्ला रहेको बताउनु भयो । काठमाडौंलाई प्रदेश राजधानी बनाएर चितवन र हेटौंडालाई जोडेर केन्द्रिय राजधानी बनाउनु पर्ने प्रस्ताव समेत मैले गरेको उहाँले बताउनु भयो ।

विभिन्न संक्रामक रोगहरु आएका कारणले प्रदेशमा स्वास्थ्य सम्बन्धि गतिविधिलाई प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य मन्त्रालय बनाएको शाक्यले बताउनु भयो ।

चितवनको विकास गर्न धेरै एतिहासिक महत्त्वपूर्ण ठाउँहरु रहेकाले जिसस, पालिकाहरु, स्थानिय मिलेर संयुक्तरुपमा काम गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै उहाँले आज जिल्ला समन्वय समितिले प्रकाशन गरेको चितवन दर्पण नामक पुस्तक अत्यन्तै राम्रो पुस्तक रहेको बताउनु भयो । यस्तै पुस्तकहरु अन्य जिल्लाले पनि प्रकाश गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले सम्रग चितवनको बिगत, वर्तमान र भविष्यको बारेमा पुस्तकमा लेखिएको बताउनु भयो । उहाँले चितवनको विकासकोलागि पुर्वी चितवन, पश्चिम चितवन, पहाडी चितवन र माडिको अलग अलग योजना बनाएर काम गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा पुस्तक लेखन कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु, कोरोनाको समयमा दिनरात खटिने चिकित्सक र कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले नीति तथा कार्यक्रम बजेट प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिती बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, विशेष अथितीहरु प्रतिनिधिसभा सांसद कृष्णभक्त पोख्रेल, राष्ट्रियसभा सांसद पार्वती रावल, प्रदेश सामाजिक विकास मन्त्री विजय सुवेदी, निवर्तमान प्रदेशमन्त्री दावा दोर्जे लामा, प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, स्थानिय सरकारका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख र अन्य व्यक्तिको उपस्थित रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा भएको थियो भन्ने स्वागत मन्तव्य समितिको उपप्रमुख मुना कुमारी श्रेष्ठले राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !