गोरखा । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन  सम्पन्न भएको छ ।
नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनबाट अध्यक्षमा नवराज भट्टराई, वरिष्ठ उपाध्यक्ष चिरन्जिवी पोखरेल, उपाध्यक्षमा सुमन थापा र रुपेश थापा, सचिव बुद्धि प्रसाद नेपाल, सहसचिव सितल भट्टराई, कोषाध्यक्ष भोजराज खनाल, सह-कोषाध्यक्ष कमला घले श्रेष्ठ चयन हुनु भएको छ ।
सो परिवारको सदस्यहरुमा युगराज अमगाँई, प्रेमप्रसाद पोखरेल, मुकेश सेन्चुरी, सबिन गुरुङ, रमेश थापा मगर, राम खनाल, अनिल भट्टराई चयन हुनु भएको ग्लोबल गोर्खा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष यदु लामिछानेले कालिका दैनिकलाई जानकारी दिनुभयो । सो अधिवेशन भर्चुअल अर्थात जूम माध्यम बाट सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !