काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३ हजार ३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै  भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस !