काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मायाँ गर्नेहरुको ताँती देखेर हैरान परेको बताउनु भएको छ । सूर्यनाथ यादवको ३६ औं स्मृति दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै आफूहरुले सकेजतिको ठूलो स्वरमा केपी ओलीलाई गालीगर्दा पनि ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान भएको प्रचण्डले खुलासा गर्नुभयो ।

‘अहिले केपीले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भन्नुभयो । आफ्नो अधिकांश समय ओलीमाथि गाली गर्न खर्चनुभएका प्रचण्डले ओलीसँग धेरै सिर उठेको बनि बताउनु भयो । ‘यति नै कुरा भनौं, रिस उठेको छ केपीसँग,’ आफ्नो भनाई बिट मार्दै प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !