काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकैबीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गर्नुभएको थियो ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ ।

प्रतिक्रिया दिनुहोस !