चितवन । सुरक्षित बचत तथा ऋण  सहकारी सस्था लि. कालिका-६ खोलेसिमलको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओमप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहकारी सस्थाका कोषाध्यक्ष भिमप्रसाद खनालले आर्थिक प्रतिबेदन र सचिब भिमप्रसाद लामिछानेले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सो साधारण सभाको अबसरमा सहकारी सस्थामा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सो साधारण सभामा सस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठले आगामी बर्षको सस्थाको निति, कार्यक्रम तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !