चितवन । नेपालको संविधान जारी भएको ६ बर्ष पूरा भए पनि सो संविधानले सबै नेपालीको भावनालाई नसमेटेको भन्दै लोकतान्त्रिक समाजबादी पार्टी  चितवनले कालो दिनको रूपमा मनाएको जनाएको छ ।
संविधानमा अधुरा र बिभेदकारी प्राबधान राखिएको भन्दै सो को खारेजी र हिमाल, पहाड र तराई/ मधेसीको पनि भावना अनुरुपको संविधान हुनुपर्ने भन्दै आजको दिनलाई कालो दिवसको रूपमा मनाएको जनाएको छ ।
लोकतान्त्रिक समाजबादी पार्टी  चितवनका उपाध्यक्ष जयबहादुर रुम्बाको अध्यक्षतामा भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रममा संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि संविधान संशोधनद्वारा यसलाई सच्याउन अनुरोध गरिएको थियो ।
सबैको भावना अनुसारको संविधान नबनेसम्म पार्टीको खबरदारी सधै रहने लोकतान्त्रिक समाजबादी पार्टी  चितवनका सचिब हिरालाल थिङ्ले जानकारी दिनुभयो । उता लोकतान्त्रिक समाजबादी पार्टी केन्द्रीय समितिले पनि आज नै काठमाडौंमा कालो दिवसको रूपमा कार्यक्रम गर्दैछ । पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरु शरतसिंह भण्डारी, अनिल कुमार झा लगायतका नेताहरुको सो कार्यक्रममा सहभागीता रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !